१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

फेदीखोला हाइड्रोले १७ करोड ६० लाखको आईपीओ निष्कासन गर्ने

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत १७ लाख ६० हजार साधारण शेयर निष्कासन गर्ने भएको छ। उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

अधिकृत तथा जारी पूँजी ८० करोड रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिअंकित मूल्य सय रुपैयाँका दरका १७ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष योजनाहरू, कम्पनीमा कार्यरत कर्मचारीहरू तथा सर्वसाधारणमा तोकिए अनुरूप जारी गर्ने कम्पनीले जनाएको छ।

बुधबार सम्पन्न भएको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्।

भोजपुरको सापाल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुग‌ं) खोलामा निर्माण भइरहेको ४.३ मेगावाट फेदी (थुमलुग‌ं) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ। 

हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको र नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको बताए।

प्रकाशित: २८ कार्तिक २०८२ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App