नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ। मंगलबार सम्पन्न ६०औँ वार्षिक साधारणसभासँगै भएको निर्वाचनअन्तर्गत जिल्ला–नगर खुलातर्फको नतिजा सार्वजनिक गरिएको हो।
यो समूहबाट अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी र शिवप्रसाद मानन्धर निर्वाचित भएका छन्।
यस्तै, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि विजयी भएका छन्। द्विराष्ट्रिय सदस्यतर्फ मनोज पौडेल निर्वाचित भएका छन्।
महासङ्घमा कुल ७३ पदका लागि निर्वाचन भइरहेको छ, जसका लागि १३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। अन्य पदहरूको मतगणना भने जारी रहेको छ।
महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ। बाँकी चार उपाध्यक्षसहित अन्य पदहरूमा निर्वाचनबाट चयन हुनेछ। साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ।
प्रकाशित: २३ वैशाख २०८३ ०६:५० बुधबार





