नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि उपभोक्तालाई राहत दिँदै तत्कालका लागि मूल्यवृद्धि नगर्ने निर्णय गरेको छ।
आसन्न चाडपर्व र देशको विशेष परिस्थितिलाई मध्यनजर गर्दै निगमले मूल्यवृद्धिको भार आफैंले बोहोरेर पुरानै बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको हो।
आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४६ पैसाले बढेर आएको छ।
प्रकाशित: ३० भाद्र २०८२ २०:०९ सोमबार





