नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले २ वर्ष अघिको निर्णय पालना गर्न माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । धर्नासँगै उनीहरूले हातमा विरोध स्वरूप कालो पट्टी समेत बाँधेका छन् ।
नेपाल विद्युत् प्राधिकरण संचालक समितिको मिति २०८० श्रावण ३१ गते ९४९ औं बैठकबाट ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ती दिने भन्ने निर्णय भईसकेको र समय समयमा पालना गर्ने भनी सम्झौता हुँदा पनि कार्यान्वयन नभएको भन्दै समितिले धर्ना दिएको हो ।
“नेपाल विद्युत् प्राधिकरणले यस संघर्ष समिति सँग पटक पटक उक्त निर्णय कार्यान्वयन गर्ने सहमति र सम्झौता भई कार्यान्वयन नभएको भन्दै बिगतमा भएको सहमति कार्यान्वयन गराउन दबाब स्वरूप हातमा कालोपट्टि बाँधी शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको हो,” समितिले जनाएको छ ।






प्रकाशित: १३ श्रावण २०८२ १२:४१ मंगलबार





