३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायीको गुनासोः गरिखान सकिएन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण अहिले निर्माणक्षेत्रमा गम्भीर असर परेको छ । विकास निर्माणजस्ता योजनाहरुको काम धमाधम भईरहेको अहिलेको ‘पिक आवर’कै बेला ईन्धनमा भएको भारी मूल्य बृद्धिले काम गर्न नसक्ने अवस्था सृजना भएको भन्दै नेपाल निर्माण व्यबसायी संघ उदयपुरले सरकारसँग हारगुहार गर्न थालेको छ ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिसँगै निर्माण सामग्रीमा पनि भएको अप्रत्याशित मूल्य वृद्धिको तत्काल मूल्य समायोजन नभए काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै बिहीबार यहाँका निर्माण व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले तत्काल मूल्य समायोजन गरिदिन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संघका उदयपुर अध्यक्ष कौशल आचार्य नेतृत्वको टोलीले बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मनाथ जोशीलाई बुझाएको ज्ञापनपत्रमा मध्यपूर्वमा जारी युद्धका कारण इनधनमा भएको भारी मूल्य वृद्धिले निर्माण व्यवसाय गम्भीर संकटमा पुगेको स्मरण गराइएको छ । निर्माण सामाग्री, बिटुमिन (अलकत्रा)लगायत निर्माणक्षेत्रमा प्रयोग गरिने अन्य विविध सामाग्रीको मूल्य आकाशिएका कारण निर्माण व्यबसायी चरम आर्थिक नोक्सानीमा  पुगेकाले सरकारले तत्काल मूल्य समायोजन गरिदिनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

‘अस्वभाविक मूल्य वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको छ, सबै किसिमका ठेक्काहरुमा मूल्य समायोजनको ब्यबस्था गरिदेवस्’ ज्ञापनपत्रमा भनिएको छ ‘अन्यथा ठेक्काका काम गर्न सक्ने अवस्था छैन ।’ निर्माण व्यसायीको समस्या यअसघि पनि सरकारसमक्ष जानकारी गराईसकेको स्मरण गराउदै ज्ञत्रापनपत्रमाख तर, सरकारले समस्या समाधान गर्नेतर्फ ध्यान नदिएकोमा ज्ञापनपत्रमा दुखेसो गरिएको छ ।

अहिलेकै परिस्थितिमा निर्माण व्यबसायीले पुरानो इस्टिमेट र दररेटमा काम गर्न सक्ने अवस्था नरहेको र त्यसले सोझै नोक्सानी ब्यहोर्नु पर्ने भएकाले तत्काल मूल्य समायोजन नभए कुनै पनि कम गर्न व्यवसायी सहभागी हुन नसक्ने पनि ज्ञापनपत्रमा उल्लेख छ । ठेक्का लिदाको बैँक ग्यारेन्टी, विमा र क्षतिपूर्तिसहित सबै योजनाको म्याद थप गर्न तथा बजेट ब्यबस्थाका लागि पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित: ३१ वैशाख २०८३ २०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App