१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

अनुदानको मलमा कालोबजारी

कपिलवस्तुमा किसानलाई आउने अनुदानको मलमा कालोबारी भएको पाइएको छ । कपिलवतस्तुका दुई सुरक्षा निकायले दुई दिनमा दिनमा अवैध रुपमा लुकाई राखेको अवस्थामा साढे तीन सय बोरा अनुदानको डिएपी मल बरामद गर्नुले पनि अनुदानको मलमा ब्यापक कालोबजारी भएको पुष्टी भएको हो ।  

शुक्रबार नेपाल प्रहरीले २ सय २६ बोरा डिएपी मल र बिहीबार सशस्त्र प्रहरीले १ सय २४ बोरा डिएपी मल बरामद गरेको छ । शुक्रबार बिहान कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित मेचकुरीमा प्रहरीले छापा हानि खोज तलासी गर्ने क्रममा कुल २ सय २६ बोरा अनुदानको डिएपी मल बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले छापा हान्ने क्रममा छुट्टा छुट्टै चार स्थानमा सो डीएपी मल बरामद गरेको हो । बरामद सबै मल व्यापारी सुलेमान मुसलमानको रहेको प्रहरीले जनाएको छ । प्रहरीले शान्तराम थारुको घरबाट १५८ बोरा दशरथ शाहीको घरबाट २१ बोरा शिला शान्तिको घरबाट ३३ बोरा र सुलेमान मुसलमानको घरबाट १४ बोरा गरी सो मल बरामद गरेको हो ।  

बरामद मल कसैले दाबी गर्न नआए पछि ४ लाख ४२ हजार ४ सय मुल्य कायम गरी सूठौली भन्सार चलान गरिएको प्रहरी उपरिक्षक संतोष आचार्यले बताए । बिहीवार दिउसो सुराकीका आधारमा जिल्लाको शुद्धोधन गाउपालिका १ अनहराट स्थित फुल चन्द्र यादबको घरमा राखिएको अवस्थामा १ सय २४ बोरा मल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए ।

बरामद मल पहाडी जिल्लाको कृषि सकारीबाट ब्यारारीले किनेर ल्याएको हुन सक्ने प्रहरी उपरिक्षक आचार्यले बताए । पहाडी जिल्लाहरु स्याङजा, पाल्पा, गुल्मी, पोखरा लगायतबाट कपिलवस्तुका ब्यापारीले किनेर गोदाममा राखेको र बढी मुल्य लिई बेच्ने गरेको कृषकहरु बताउछन । पहाडी जिल्लाहरुमा रासायिकन मलको खपत कम हुने र्गछ ।  

कृषि सहकारीले बढी मुल्य लिई पाएको कोटा तराईका ब्यापारीहरुलाई बेच्ने गरेका छन । गुह खेतीको सिजन सूरु हुन लागेको छ । गहु खेतीकालागि डिएपी आवश्यक पर्छ । एक बोरा डिएपीको मुल्य २४ देखि २५ सय पर्नेमा ब्यपारीले कालोबजारी गरी साढे ३ हजार देखि ४ हजारमा बेच्ने गरेका छन ।  

यस्तै नौ सयदेखि एक हजार पर्ने युरियाको २ हजार देखि ३ हजार सम्म बेच्ने गरेको कृषकहरु बताउछन । दुबै स्थानमा बरामद भएको मल ब्यापारीले कहाबाट ल्याएको भन्ने कुराको अझै सम्म यकीन भने भएको छैन । जिल्लामा पालिको सिफारिसको आधारमा कपिलवस्तुको तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनील लिमिटेड र कृष्णनगरमा रहेको साल्ट ट्रेडिङले तोकिएको कोटाका आधारमा उपलब्ध गराउने गरेको छ ।  

अनुदानको मल कृषि सहकारीबाट नै मलको दुरुपयोग हुने गरेको छ । गहु र धान खेतीको बेला मलका सधै अभाव हुने र आएको अनुदानको मल समेत कालोबजारी हुनु दुःखद कुरा भएको कृषक महासंघका जिल्ला सचिव बालगोबिन्द त्रिपाठीले बताए । कोटामा आउने सीमित मलको समेत कालोबजारी हुदा कृषकहरु झन मर्कामा परेको उनले बताए । कालो बजारी रोक्न पालिका र प्रशासन कार्यालय ठोस कदम चाल्नु पर्ने उनले माग गरे ।  

सहायक प्रमुख जिल्ला अधिकारी तथा मल ब्यवस्थापन समितिका संयोजक पदमलाल लामिछानेले मलको कालो बजारी र दुरुपयोग रोक्न आफुहरुलाई कृषकहरुले समेत सुचना र साथ दिनु पर्ने बताए । उनले २ स्थानमा पक्राउ परेको मल पहाडी जिल्लाबाट लयाइएको आफुले जानकारी पाएको बताए । उनले मलको कालबजारी र दुरुपयोग रोक्न समिति चनाखो रहेको बताए । 

प्रकाशित: १४ कार्तिक २०८२ २१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App