३ वैशाख २०८३ बिहीबार
image/svg+xml
अर्थ

बागमती सरकारद्वारा सार्वजनिक सवारी साधनको भाडादर समायोजन, कहाँको कति ?

काठमाडौं उपत्यकामा न्यूनतम भाडा २४ रुपैयाँ

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ।

बागमती सरकारले काठमाडौं उपत्यकाभित्र र काठमाडौंबाट बागमती प्रदेशभित्रका सहर तथा बस्तीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनका लागि भाडादर समायोजना गरेको हो।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ।

नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर कायम गरिएको छ। यस्तै, उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ। अब उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ तिर्नु पर्ने हुन्छ।

काठमाडौं उपत्यकामा ० देखि ५ किलोमिटरसम्म: २४ रुपैयाँ, ० देखि १० किलोमिटरसम्म: ३३ रुपैयाँ, ० देखि १५ किलोमिटरसम्म: ३९ रुपैयाँ, ० देखि २० किलोमिटरसम्म: ४४ रुपैयाँ र २० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ तोकिएको छ।

विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९-०१-०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ।

यस्तो छ बागमती प्रदेशले समायोजना गरेको भाडादर:

 

प्रकाशित: २८ चैत्र २०८२ ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App