१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

प्रतिलिटर १२४ ले बढ्यो हवाई इन्धनको मूल्य

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।

निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले वृद्धि गरिएको छ। साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब वृद्धिपछि प्रतिलिटर रु दुई सय ५१ पुगेको छ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ। परिमार्जित मूल्य अनुसार काठमाडौंमा प्रतिलिकिलोटर नौ सय ६६ अमेरिकी डलर रहेकोमा वृद्धिपछि अब एक हजार सात सय ८५ अमेरिकी डलर पुगेको छ।

अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०८२ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App