मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट रु. ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ।
आव २०८२/८३ मा विभिन्न एक हजार ११६ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधितर्फ मात्रै ७२७ परियोजना रहेका छन्। उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलकमा चार, कृषिमूलकमा १८, पर्यटनमा २२७, खनिजमा चार, सेवामूलकमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुई परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ।
आव २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि रु. ६४ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण वैदेशिक लगानीको प्रतिबद्धता बढेको जनाइएको छ।
प्रकाशित: २६ भाद्र २०८३ १०:२५ शुक्रबार



-600x400.jpg)
-600x400.jpg)
