९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

नेपाल वायुसेवा निगमद्वारा ध्यानाकर्षण

नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या कम भएको कारण अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौं-ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए। उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ।

निगमले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौं-ग्वाञ्जाओ उडानमा ६८ यात्रु र  १७ अक्टोबरका लागि ग्वाञ्जाओ-काठमाडौं उडानमा ४१ यात्रुहरूको टिकट बिक्री भइसकेको जनाएको छ।

यसैगरी, २३ अक्टोबरको काठमाडौं-ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ-काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ।

उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्ण रूपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरूलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ। निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवर्द्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगतलगायत सबैमा अनुरोधसमेत गरेको छ।

प्रकाशित: २८ आश्विन २०८२ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App