५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

अध्यक्ष कप तथा फुङफुङ्गे झरना पर्यटन महोत्सवमा ७ लाख बढी नाफा

मिक्वाखोलामा गत मंसिर पहिलो साता सञ्चालित अध्यक्ष कप तथा फुङफुङ्गे झरना पर्यटन महोत्सव आयोजक कमिटीले ७ लाख रुपैयाँ भन्दा बढी बचत गरेको जनाएको छ ।

सहयोगी निकायले रकम नदिँदा कञ्चनजंघा हीरक महोत्सवमा करिब ३० लाख घाटा भएको विवरण सार्वजनिक हुँदा मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको तेम्बा सञ्चालित अध्यक्ष कप तथा फुङफुङ्गे झरना पर्यटन महोत्सव आयोजक कमिटी भने नाफामा गएको हो ।

महोत्सव आयोजक कमिटीले आइतबार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक कमिटी अध्यक्ष तथा फङफङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा लिम्बूले कमिटीले १ लाख ५२ हजार रुपैयाँ नगदै बचत गरेको जानकारी दिए । उनका अनुसार विकास समितिले ५ लाख ५० हजार मूल्य बराबरको संस्थालाई चाहिने विभिन्न सामग्री समेत जोडेको छ । यो जिन्सीमा आम्दानी बाँधिने भएकोले विकास समितिले यसलाई पनि बचतकै रुपमा लिएको छ ।

विकास समितिका कोषाध्यक्ष सुकबहादुर लिम्बूका अनुसार महोत्सव सञ्चालनका लागि सहयोग रकम कबोल गरेकाहरूबाट महोत्सव मूल आयोजक समितिले २ लाख १६ हजार रुपैयाँ संकलन गर्न बाँकी रहेको छ । यसो गर्दा संस्थाले मंसिर ७ देखि १० गतेसम्म सञ्चालन गरेको अध्यक्ष कप तथा फुङफुङ्गे झरना पर्यटन महोत्सवका क्रममा महोत्सव मूल आयोजक समितिले करिब ९ लाख रुपैयाँ बचत गरेको बताएको छ ।

कोषाध्यक्ष लिम्बूका अनुसार कुल २५ लाख ५० हजार आम्दानी भएकोमा संस्थाका लागि आवश्यक पर्ने ५ लाख ५० हजार बराबरको सामग्री खरिद सहित महोत्सवका क्रममा २३ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले प्राय महोत्सव सञ्चालन समितिहरू रकम अपुग भएको विवरण सहित पत्रकार सम्मेलनमा उपस्थित हुने गरेकोमा अध्यक्ष कप तथा फुङफुङ्गे झरना पर्यटन महोत्सव आयोजक कमिटी बचत सहित उपस्थित भएकोमा धन्यवाद दिएका छन् । 

प्रकाशित: २९ असार २०८२ १७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App