३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

फाइल तस्बिर

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ।  

प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की  पुल निर्माण सुरु गरेको हो।  

पुलको लागत रु १६ करोड ९५ लाख २५ हजार छ। पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ। माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ।  

निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त रकममा पुल बनाउने सम्झौता गरेको हो। सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । पुल एक सय मिटर लामो र ११ मिटर चौडा हुने छ।

प्रकाशित: २० कार्तिक २०८२ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App