८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल बैंकमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।

रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक र सर्वसाधारण समेत गरी १०५ जनाले रक्तदान गरेका थिए। संस्थागत सामाजिक उत्तरदायित्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको जनाएको छ।

कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेका हुन्। 

प्रकाशित: ३० कार्तिक २०७९ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App