coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दराजबाट समान फिर्ताको प्रक्रिया सरल र सहजः अधिकृत सुवेदी

अनलाइन सपिङ कम्पनी दराजबाट सपिङ गर्दा ग्राहकले गलत वा दोषपूर्ण प्याकेज प्राप्त गरेको खण्डमा फिर्ता गर्ने सिस्टम पनि तयार पारेको जनाएको छ।

कुनै ग्राहकले गलत वा दोषयुक्त प्याकेज प्राप्त गरेको खण्डमा प्याकेज फिर्ता गर्ने एप एवं वेवसाइट प्रयोग गर्न सकिने कम्पनील बताएको छ। दराजका प्रमुख उपभोक्ता अधिकृत सम्झना सुवेदीले दराजमा सामान फिर्ता गर्नु साँच्चै सरल र सजिलो भएको दाबी गरिन्।

‘हामीसँग सामान्य सामानको लागि सात दिनको रिटर्न विन्डो र दराजमल उत्पादकहरूको लागि १४ दिनको रिर्टन विन्डो राखिएको छ। यदि कुनै ग्राहकले गलत वा दोषपूर्ण प्याकेजहरू प्राप्त गर्दछ भने, उहाँहरूले प्याकेज फिर्ता गर्न एप/वेबसाइट प्रयोग गर्न सक्नु हुनेछ।’

प्रमुख उपभोक्ता अधिकृत सुवेदीले दराजले ग्राहकको गुनासालाई सम्बोधन गर्दै आइरहेको बताइन्। ‘हाम्रो लागि ग्राहकको गुनासो ह्यान्डल गर्नु भनेको ग्राहकले सामना गर्ने समस्याहरू समाधान गर्नु मात्र नभई, उक्त समस्या फेरि नदोहोरियोस् भनेर सुनिश्चित गर्नु पनि हो,’ उनले भनिन् ‘हाम्रो गुनासो ह्यान्डलिङ प्रक्रिया दुई प्रमुख बुँदाहरू वरिपरि घुम्छः पहिलो, हाम्रो टोलीद्वारा विशिष्ट मुद्दाको समाधान भएको सुनिश्चित गर्नमा, दोस्रो, मूल कारण विश्लेषण गर्दै समस्याको जरामा पुग्ने गछौं।’

दराजले ग्राहकको डाटा, गोपनीयता र सुरक्षालाई सुरक्षित गराउँदै आइरहेको जनाएको छ। कम्पनीले विगत लामो समयदेखि नेपालमा अनलाइन सपिङ सुविधा उपलब्ध गराउँदै आइरहेको छ। दराजका प्रमुख उपभोक्ता अधिकृत सम्झना सुवेदीले दराज अनलाइन ईकमर्स अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरूको पालना गर्दै आइरहेको बताइन्।

‘हामी ग्राहकलाई सुरक्षित महसुस गराउन चाहन्छौं। हामीसँग लेनदेन गर्न प्रोत्साहित गर्दछौं। यसैले गर्दा, हामी कडाइका साथ उच्चतम अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरूको पालना गर्दछौं,’ उनले भनिन् ‘यो विशेष गरी कार्डहरू वा ई-वालेटहरू मार्फत गरिएका अनलाइन भुक्तानीहरूमा लागू हुन्छ तर यो ग्राहकको व्यक्तिगत जानकारीमा पनि लागु हुन्छ, जहाँ हामी ख्याल राख्छौं कि कुनै उल्लङ्घन नहोस्।’

प्रकाशित: २८ कार्तिक २०७९ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App