२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्किल अप दीक्षान्त कार्यक्रम

सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्किल-अप तालिम कार्यक्रम सम्पन्न गरेको छ।

दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको सो कार्यक्रममा नेपालभर रहेका सिप्रदीका च्यानल पार्टनर आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ प्रशिक्षार्थीले तालिम लिएका थिए। तालिम सम्पन्न गरेका प्रशिक्षार्थी सिफारिस गरिएको वर्कसपमा रोजगार प्राप्त गरेको कम्पनीले जनाएको छ।

कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले प्रशिक्षार्थीलाई प्रमाणपत्र  प्रदान गरेका थिए। समारोहमा प्रशिक्षार्थीलाई बधाई एवं शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृतले उत्पादन गरिएका टेक्निसियन नवीनतम प्रविधिका टाटा गाडीहरूसमेत मर्मतसम्भार गर्न सक्षम रहेकाले टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउने दाबी गरे। 

प्रकाशित: २५ कार्तिक २०७९ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App