२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कपिलवस्तुका ५ उत्कृष्ट कृषकलाई सम्मान

४२ औ विश्व खाद दिवसका अवसरमा कपिलवस्तुका ५ उत्कृष्ट कृषकलाई सम्मानित गरिएको छ। अन्नबाली  बीउ बिजन, तरकारी, फलफुल लगायतका क्षेत्रको उत्पादन बढाउन नमुनायोग्य काम गरेको भन्दै कृषि ज्ञान केन्द्रले उनीहरुलाई सम्मानसहित पुरस्कृत समेत गरेको हो।  

धान र गहुको बीउ उत्पादनमा उल्लेखनीय काम गरेको भन्दै मुस्कान सिटका मालिक बृज बिहारी कुर्मी, रैथाने धान कालानम उत्पादनका राम्रो काम गरेको भन्दै कृषक आदित्यप्रसाद कुर्मीलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको हो।  

यस्तै तरकारी उत्पादनमा रमेश केवट, अन्नबाली उत्पादनमा गौरीशंकर र ड्रेगन फुड उत्पादन क्षेत्रमा काम गरेकालाई समेत सम्मानित गरिएको हो। जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मी, सहायक प्रजिअ अनिल पौडल, मन्त्रालयका नरेश धिताल लगायतले उनीहरुलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए। त्यस्तै दिवस कै अवसरमा उत्पादन पोषण र वातावरणमा सुधार सुखी जीवनको आधार बिषयका गरिएको अन्तरमाबि स्तरीय निबन्ध प्रतियोगीतामा बिजयी भएका विद्यार्थीलाई समते पुरस्कृत गरिएको थियो।  

प्रतियोगीतामा प्रियंका पाठक प्रथम, बिशाल जैसवाल द्धितीय, सफिक नाउ तृतीय र रिना जैसवाल सान्त्वना भएका थिए। सो अवसरमा स्मार्ट कृषि गाउ सम्बन्धी पालिकहरुका प्राविधिक र सरोकारवालासंग अन्तरक्रिया समेत गरिएको थियो। कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चौबेले खाद्यय सुरक्षाको स्थितिमा कपिलवस्तु सदृढ रहेको बताए। उनले जिल्लामा ८८ हजार मेट्रिक टन खाद्यान्न बचत हुने बताए।  

यस वर्ष पनि धानको उत्पादन ४ प्रतिशतले बढने अनुमान गरिएको उनले बताए। उता जिल्लाका ५ स्थानमा गरिएको स्माट कृषि कार्यक्रम भने आशा गरिए जस्तो नभएको बताए। उनले सिंचाई तर्फ काम भए पनि उद्देश्य अनुरुप काम हुन नसकेको बताए। चौथो वर्षमा आएर समुहले काम गर्न नसक्ने भनेर जवाफ दिएको बताए।  

जिल्लामा ५ स्थानमा स्मार्ट कृषि कार्यक्रम रहेको छ। सो अवसरमा जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मीले कृषि क्षेत्रका लागि आएको लगानी र अनुदानको सही सदुपयोग गरिनु पर्ने बताए। कार्यक्रममा मन्त्रालयका नरशे धिताल, शिक्षा तथा समन्वय ईकाईका अधिकृत अर्जुन कुवर लगायतले कृषि क्षेत्रको विकासका लागि आवश्यक सिंचाई मल अनुदान वृद्धि गर्नु पर्नेमा जोड दिए।  

प्रकाशित: २१ कार्तिक २०७९ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App