१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्न सुरु, ८ प्रतिशत बढी भौतिक प्रगति

सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारस्थित सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण स्थलमा सुरुङ खन्न जडान गरिएको टीबीएम मेसिन।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको आठ प्रतिशत काम सम्पन्न भएको छ। डाइभर्सनको सुरुङ निर्माणका लागि टीबीएम मेसिन जडान गरी सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ।

सरकारको मुख्य प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति ८ दशमलव ८० प्रतिशत प्रगति भएको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए।

निर्माणको जिम्मा पाएको चिनिया ठेकेदार कम्पनी कोभ्याकले आगामी दुई वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी तीव्र गतिमा काम भइरहेको जनाएको छ। टीबीएम मेसिन आधुनिक प्रविधियुक्त भएकाले निर्माणको कार्य समयमै सक्ने लक्ष्य सरकारले लिएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारबाट १३ दशमलव ३ किलोमिटर सुरुङ निर्माण गरी सुनकोसी गाउँपालिका ७ कानढुङग्री भन्ने स्थानमा पुर्‍याई सुनकोसीको पानी मरिणमा डाइभर्सन गर्ने आयोजनाले लक्ष्य लिएको छ। टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहने गरी ६–६ को डायमिटर निर्माण गरी सुकोसीको पानी मरिण हुँदै तराईका विभिन्न जिललामा सिंचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले बताए।

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोसी नदीको पानीलाई बाध बाधी १३ दशमलब ३ किमि लामो सुरुङमार्फत् मरिण नदीमा पानी पथान्तरण गर्ने आयोजनाले जनाएको छ।

आयोजना प्रमुखमित्र बरालका अनुसार सुरुङमार्फत् प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलव २९ को हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ जलविद्युत उत्पादन गरिने छ।

उत्पादित विद्युत ३७ दशमलव दुई डबल सर्किट प्रशारण लाइनमार्फत् राष्ट्रिय ग्रिड अन्तर्गत नवलपुर सबस्टेशनमा जोडिने छ। आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका आयोजना प्रमुख बरालले जानकारी दिए।

आर्थिक वर्ष ०७७/०७८ बाट सुरु भएको आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ। ‘टिबिएम राख्न हामीले प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ खनि टीबीएम मार्फत समेत निर्माण कार्य अगाडि बढेको छ,  २ सय ३० मिटर लामो टनेल बोरिङ मेसिन अट्ने गरी उक्त सुरुङसहित प्लेट फर्म निर्माण गरी निर्माण कार्य अगाडि बढाइएको निर्माण कम्पनी कोभ्याकले जनाएको छ।

सुरुङ खन्न मात्रै कोभ्याकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको आयोजनाले जनाएको छ। सुरुङ खन्नेक्रममा जियोलोजिकल कण्डीसन कुनै समस्या नआए दुई वर्षभित्र खनिसक्ने योजना रहेको छ। टिबिएमले आठ/आठ घण्टाका दरले तीन सिप्mटमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख बरालले जानकारी दिए।

पाँच वर्षभित्र आयोजना निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब कुल लागत रहने अनुमान गरिएको आयोजनाले जनाएको छ। आयोजनाको मुख्य उदेश्य विद्युत उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुर्‍याउने रहेको छ।

सुनकोसीको पानी सुरुङमाफर्त मरिण खोला हुँदै ४४ किलोमिटर बगेर बागमती नदिमा मिसन पुग्नेछ। हाल बागमती सिंचाइ आयोजनाले आफ्नो कमाण्ड क्षेत्रमा करिब ४५ हजार छ सय हेक्टरमा सिंचाइ सुविधा पुर्‍याएको र एक लाख २२ हजार हेक्टरको बाँकी जग्गामा सुनकोसीको पानीले सिंचाइ सुविधा पुर्‍याउने योजना रहेको आयोजनाले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७९ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App