२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न भएको छ। राजधानीको मेरियट होटलमा आयोजित कार्यक्रममा दुबै बैंकका सञ्चालकहरुले समान हैसियतमा (१ः१) को स्वाप रेसियोमा मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

मर्जरपछि कुमारी बैंकका नामबाट एकीकृत कारोबार हुनेछ। एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार अर्यालले सिइओको जिम्मेवारी सम्हाल्नेछन् भने कुमारीका रामचन्द्र खनालले वरिष्ठ डेपुटी सिइओको जिम्मेवारी सम्हाल्नेछन्।

दुई बैंक मर्जरपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ८४ अर्ब ४४ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

कुमारी बैंकले १९९ शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर र ५४ वटा ब्राञ्चलेश बैंकिङमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै एनसीसी बैंकको १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन रहेका छन्।

प्रकाशित: ११ आश्विन २०७९ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App