१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

टाटा मोटर्सको 'नाडा ईभी एक्स्पो' आज अन्तिम दिन

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले बिहीबारदेखि नेपाली बजारमा नेपालकै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनमा राखेको छ। नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको प्रदर्शनी गर्ने आज अन्तिम दिन हो।

प्रदर्शनमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम पनि राखिएको छ।

पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटन संगै नेक्सन ईभी प्राईम सार्वजनिक गरेकोमा अवलोकन गर्न आइपागेका ग्राहकहरुले एकदम उत्साहजनक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ। 'न्यु फरेभेर' को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन्।

'ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रि पश्च्यातका सेवा सुविधा बारे बुझ्न आउनुहुने भेट्यौं जहाँ गाडीको बारे उहाँहरु आफै जानकार हुनुहुन्थ्यो। गाडीको मूल्य भन्दा पनि चार्जिंग एप, चार्जिंग स्टेसन, चार्जर, र सर्भिसिंगको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो।' , सिप्रदीका एक कर्मचारीले भने।

बिहिबार शुरु गरिएको ईभी एक्स्पो चार दिन सम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता थियाे। काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन्।

'ईभी मै स्पेयर टायर का साथ् मा चार्जिंग बक्स र चार्जिंग किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त। गाडी त निकै बलियो र राम्रो छ, चाडैं घर लैजान पाएको भए अझै रमाइलो हुने थियो।', नाडा ईभी एक्स्पो बीच भेटिएका अवलोकनकर्ताले बताए।

प्रकाशित: ९ आश्विन २०७९ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App