१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेष्टकोे इ–पैंचो फोनलोन

 एभरेष्ट बैंकका ग्राहकहरूले अबदेखि एपबाटै ऋण पाउने भएका छन्। बैंकले इ–पैंचो फोन लोन इबिएल टच २४ एपको योग्य प्रयोगकर्ताहरूका लागि धितोरहित ऋण उपलब्ध गराएको हो ।

योग्य बैंक खातावालाहरूले बिना जमानत, कागजी कार्य वा बैंक भ्रमण बिना तत्काल २ लाखसम्म ऋण पाउने बैंकले जनाएको छ।  

बैंकका अनुसार इ–पैंचो फोनलोन विभिन्न समयसीमाहरूमा भुक्तानी गर्न सकिने तथा यसमा एक महिनाभित्र वा ३, ६, ९, र १२ महिनाको लागि किस्ताबन्दी आधारमा भुक्तानी गर्न सकिनेछ।  

इ– पैंचो फोनलोनको लागि बैंकले विभिन्न मापदण्डहरू तयार गरेको छ। जसका लागि तलब खाता तथा नियमित कारोबारलगायतका आधारहरू हुनेछ।

इ–पैंचो फोन लोनको लागि इबिएल टच २४ एपबाट योग्य प्रयोगकर्ताको लागि उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०७९ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App