२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘एडिबीले ठूला पूर्वाधारमा लगानी बढाउनु पर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन्। एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवद्र्धित पूर्वाधार विकासका ठूलाठूला परियोजनामा एसियाली विकास बैंकलाई लगानीका लागि आग्रह गरे। पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुकासाथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्ने ढकालको धारणा थियो। ‘निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूलाठूला पूर्वाधारका परियोजनामा लगानीको प्रशस्त सम्भावनाहरू छन्,’ ढकालले भने– ‘स्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत्, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन ।’

ढकालले नेपालको बैंकिङ क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पनि एसियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताए ।

ढकालसँगको भेटमा एसियाली विकास बैंकका उपाध्यक्ष लाभासले एसियाली विकास बैंक यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीका लागि तयार रहेको बताए। 

प्रकाशित: ३० भाद्र २०७९ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App