१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

सामाजिक सुरक्षा कोषमा हालसम्म कुल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ। कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ।

कोषमा कुल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रूपमा समावेश भएका छन्। कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन्। रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ।  

कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ। यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम रु २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम रु २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबी रकम रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ।

प्रकाशित: १६ कार्तिक २०८२ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App