१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

यामाहाको फेस्टिभ योजना

 लोकप्रिय कम्पनी यामाहा नेपालले यस वर्षको महान चाड दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक योजना ल्याएको छ। यामाहा कम्पनीका लागि नेपालको आधिकारिक वितरक यामाहा नेपाल हो।  

भाद्र २१ बाट सुरु भएको यो योजना यामाहाको कुनै पनि बाइक र स्कुटर खरिदमा लागु हुनेछ। कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ६ हजार नगद जित्न सक्ने छन्।

यस्तै लक्की ड्र मार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्च स्मार्ट टिभी जित्न सक्नेछन्। यो योजना ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै ल्याएको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, यो योजनाअन्तर्गत, यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेका लागि अझै सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यस योजना अवधि भित्र यामाहाको बाइक वा स्कुटर किन्न चाहनेले पहिले जस्तो लामो प्रक्रियाबाट गइरहन पर्नेछैन। सीमित केही कागजपत्र देखाइ ग्राहकले ३०मिनेट भित्रमा सबै वित्तीय प्रक्रिया पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्नेछन् ।

यामाहा नेपालका सिईओ राजुक्षेत्रीले चाडपर्वमा ग्राहक वर्गकोअपेक्षा बढी हुने भएकाले कम्पनीले ल्याएको योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा विश्वस्त रहेको बताए।

उनका अनुसार यो योजनाले आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउनेमा विश्वस्त रहेको छ। छठसम्म लागु हुने यो योजना नेपालभरका सबै यामाहा शोरुममा सञ्चालित हुनेछ।

प्रकाशित: २३ भाद्र २०७९ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App