३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा एक सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको हो।  

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।  

आज चाँदी ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ११ सय १० मा कारोबार भएको थियो।

प्रकाशित: २० भाद्र २०७९ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App