१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मुलकको अर्थतन्त्र सहज बन्दै गइरहेको छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्।  

शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए। अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाई थियो।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौं। तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ। हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौं भने हामीलाई त्यही प्रेसर दोहोरिदैन भन्ने होइन। सहजता सँगसँगै सजकता पनि हाम्रो लागि आवश्यक विषय छ। यस अर्थमा सकारात्मक कुराहरु आईराखेका छन। पर्यटन गत वर्ष भन्दै पछिल्लो ६ महिनामा दोब्बर आएका छन। केही बस्तुहरुको निर्यात बढेर गएका छन्।’

केही वस्तुहरुको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रुपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिँदै आएको बताएका छन्। उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनिकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो समेत औंल्याए।  

प्रकाशित: १८ भाद्र २०७९ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App