२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा: महासंघ अध्यक्ष सिंह

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग  संकटमा परेको बताएका छन

तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा अगाडि बढन नसकेको उनले बताए। कपिलबस्तु निर्माण व्यवसायी संघको १० औं साधारण सभा एवम् ७ औ अधिबेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन।‘ 'वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको छ,’ उनले भने।

उनले सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै पनि बजारमा तरलता सहज हुने बताए। उनले सरकारले माग सम्बोधन गर्दा विकास निर्माणको काम पनि गति लिने बताए। विकास निर्माणको काम गति दिने वित्तिकै रोजगारी सृजना हुने उनले बताए।

उनले सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने, निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने धारणा राखे। अध्यक्ष सिंहले सरकारले लिएको विकास निर्माणको लक्ष्य बजेटको सहि व्यवस्थापन भएमा प्राप्त हुन सक्ने बताए।

उनले सरकारले बजेटलाई काम भइरहेको योजनामा अभाव हुन नदिने र काम नभएको स्थानको बजेट फ्रिज सरकारले राख्न नहुने बताए।उनले निर्माण व्यवसायीहरुले लिएको जिम्मेवारी पूर्ण रुपमा पालना गर्नु पर्ने बताए। 'जिम्मेवारी पालना गर्ने क्रममा कुनै पनि समस्या भयो भने स्थानिय समस्या भयो भने जिल्ला संघ प्रदेश, महासंघ, र राष्ट्रिय समस्या अयो भने महासंघ साथमा रहेको उनले बताए।

उनले दिएको जिम्मेवारी समयमा पुरा गर्नु पर्ने बताए। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले निर्माण व्यवसायीले कुनै पनि निर्माणको कामको ठेक्का लिदाँ एक आपसमा सरसल्लाह गरेर लिनु बताए।

उनले आपसमा मतभेद नगरेर समझदारीमा कार्य गर्नुपर्नेमा जोड दिए। मल्यबृद्धिले निर्माण ब्यवासयी मारमा परेकोले सरकारले मुल्य समायोजन गर्नु पर्ने कपिलबस्तु निर्माण व्यवसायी संघका अध्यक्ष गुन्जन कुमार गुप्ताले माग गरे।

बरिष्ठ अधिवक्त एवम् नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेयले निर्माण व्यवसायी संघ विना कुनै पनि विकास निर्माणको कार्य सम्भव नरहेको बताए।

उनले राष्ट्रले पनि निर्माण व्यवसायीको सहयोग र सक्रियताले मात्र देशको विकास भएको हुदाँ काम गर्दा राम्रोसंग ध्यान दिनु पर्ने बताए। अध्यक्ष गुप्ताको अध्यक्षता र बसन्त बन्जाडेको संचालनमा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, महासचिव रोशन दहाल, लुम्बिनी प्रदेश उपमहासचिव दिनेश हमाल, विभिन्न जिल्लाका निर्माण व्यवसायी, निर्माण व्यवसायी, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख एम्म प्रतिनिधि लगयायतको सहभागिता रहेको थियो।

सो अवसरमा संचारकर्मी नारद कोहार र निर्माण व्यवसायी संघका कानुनी सल्लाहकार अमित कुमार श्रीवास्तवलाई नगद सहित सम्मान गरिएको थियो।

प्रकाशित: १८ भाद्र २०७९ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App