१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन

नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देश कै पहिलो (जीएसआइ) ४.० बनाएको छ।  

यस अपग्रेड सँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन पनि गरेको छ। शोरुमको उद्घाटन सामसुङ साउथवेष्ट एसिया,नेपाल ब्रान्चहेड सुङ जुन पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए।

सो अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँचवटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यका भित्र ६ वटा आउटलेट सञ्चालनमा रहेको बताइन्। उनले उपभोक्ताको किनमेल प्रक्रिया सरल र सहज बनाउन अत्याधुनिक प्लाजाहरूको स्थापना गरिएको कुरामा पनि जोड दिइन्।

सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेस देखि सामसुङ मोबाइल फोन सम्मका सामाग्रीहरू बिक्री गर्दछ। हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरू मार्फत उच्चर गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदानगर्दै आइरहेको छ।  

कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामाग्री उपलब्ध गराउनुका साथै विश्वस्तरमा प्रख्यात सामाग्रीहरू उचितमूल्यमा र ९ईएमआई ० सेवाहरू मार्फत पनि सजिलै उपलब्ध गराउदै आएको छ।

प्रकाशित: १७ भाद्र २०७९ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App