७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ।

एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो। नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो। यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो।

ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पिडटेस्टलाई तुलना गरेको थियो। ऊक्लाका अनुसार परीक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेश छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपाललाई उच्च गतिको मोबाइल ब्रोड ब्यान्डका साथ यसले दिने लाभसँग आम उपभोक्तालाई जोड्ने हाम्रो निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पिड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा हर्षित भएको बताउँदै अवार्डले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाणित गरेको बताए।

प्रकाशित: १७ भाद्र २०७९ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App