coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सामसङ ग्यालेक्सी ए १३ नेपालमा आउँदै

नेपालमा छिट्टै सामसङकाे ग्यालेक्सी ए १३ आउने भएको छ।  

नेपालमा आउदै गरेको सामसङकाे नयाँ  ग्यालेक्सी ए १३ मा प्रयोगकर्ताले डाटा र फाइलहरूको सुरक्षा बारेमा चिन्ता लिन नपर्ने कम्पनीले बताएको छ।  

ग्यालेक्सी ए १३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ यो प्रवृत्ति जारी राखेको कम्पनीको बताएको छ। सामसङले यसलाई उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन दाबी गरेको छ।  

कम्पनीका अनुसार यी सबै सुविधाहरूले ए १३ लाई कन्टेन्ट बनाउनेहरूका लागि, र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण बनाउँछ। यसको शक्तिशाली मल्टि–क्यामेरा प्रणालीले तस्विर र भिडियोहरू खिच्न धेरै सुविधाजनक बनाउँछ, र यसको सिस्टमले प्रदान गर्ने विशाल स्टोरेज वृद्धिले यो फोनलाई तपाईंको टीममा एक उत्कृष्ट सदस्य बनाउछ।

कम्पनीका अनुसार फोनको स्क्रिनले प्रस्तुत गरेको सम्मताले सम्पादन गर्ने काम अथवा  टिक्टकमा स्क्रोल गर्न कामलाई पनि धेरै सुविधाजनक बनाउँछ।

प्रकाशित: १४ भाद्र २०७९ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App