२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साओमीको 'साओमी १२ लाइट' नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपालीबजारमा ल्याएको छ। हरेक व्यक्तिको छुट्टा–छुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर को डिजाइन साओमी १२ लाइटगरिएको हो जुन फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभुति हुने कम्पनीले जनाएकाे छ। 

लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, 'साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ। यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्लीअपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ। यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपुर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ।'

उनले थप भने, 'यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८:ए को मेन क्यामरा, ८: ए को अल्ट्रा वाइड एङल क्यामरा र २:ए को म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नुहुनेछ।'

फ्यासनफर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन

७.२९ एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमाउपलब्ध छ। प्रिमियम एस्थेटिकको लागियसको पछाडि पट्टीको भागमायुनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिशदिइएको छ। तीनवटा क्यामराको वरिपरि भएको  मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझलक्जरियस टच प्रदान गर्छन्।

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा  

यसमाभएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसनतस्बिर लिन सकिन्छ। त्यस्तै यसमाभएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ।

प्रकाशित: १० भाद्र २०७९ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App