१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफर को विजेता घोषित

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको विजेता काठमाडौंका लोकेश बज्रचार्य घोषित भएका छन्। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं-तिहारको उपलक्ष्यमा ल्याएको अफर बमोजिम उनले हुन्डाई आई २० प्राप्त गरेका छन्।

अफरमा हुन्डाई गाडीको नयाँ खरिदमा ग्राहकले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बिमा तथा सडक कर, स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्रमार्फत १ जना विजेतालाई हुन्डाई आई २० जित्ने अवसर दिइएको थियो।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको विजेताको घोषणा लक्की ड्रमार्फत यही भाद्र ९ गते गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७९ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App