२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ भोजपुरको खुकुरीदेखि सुनसरीको बेसारसम्म

प्रदेश १ की पर्यटन तथा संस्कृति मन्त्री खिनुलङ्वा लिम्बुलाई प्रतिवेदन हस्तान्तरण गर्दै प्रदेश १ को पर्यटन ब्राण्ड सेलका लागि उत्पादन पहचिान गर्न गठित कार्यदलका संयोजक भविश श्रेष्ठ। तस्बिरः विनोद /नागरिक

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ तयार भएको छ। मंगलबार पर्यटन ब्राण्ड सेल पहिचान गर्न गठीत कार्यदलले प्रदेश १को पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझउँदै हरेक जिल्लाका उत्पादनको ब्राण्ड सार्वजनिक गरेको हो।  

कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका तहगत ब्राण्डहरू तयार गरिएको जानकारी दिइएको छ। जसमा भोजपुरको खुकुरी, देखि सुनसरीको वेसारसम्म समेटिएको छ। प्रदेश १ का १४ वटै जिल्लाका फरक फरक उत्पादनलाई पर्यटन ब्राण्ड सेल तय गरिएको छ। जसमा सुनसरीको वेसार, उदयपुरको तेजपात, ओखलढुंगाको राडीपाखी, खोटाङको घँगरुको लौरो, भोजपुरको खुकुरी , धनकुटाको एवोकाडो, सोलुको सिंवीलाई कार्यदलले सिफारिस गरेको छ। यस्तै ताप्लेजुङको छुर्पी, संखुवासभाको अल्लो, पाँचथरको अलैंची, इलामको चिया, तेह्रथुमको ढाका, झापाको सुपारी र मोरङको माछालाई पहिलो वर्गको ब्राण्डका रुपमा सिफारिस गरेको छ।  

कार्यदलका संयोजक भविश श्रेष्ठले प्रदेश १ का १४ जिल्लाका पर्यटकीय ब्राण्ड सेल उत्पादनहरूलाई तहगत रुपमा बर्गीकरण गरिएको जानकारी दिए। उनले दोस्रो, तेस्रो ब्राण्डका रुपमा पनि विभिन्न उत्पादनहरूलाई राखिएको बताए। यस्तै कार्यदलले पर्यटन लागो पनि सार्वजनिक गरेको छ।  

हिमाल, पहाड, तराई जोडेर लोगो तयार पारिएको छ। लोगोमा ‘पृथ्वीको स्वर्ग मेरो प्रदेश’ भन्ने नारा लेखिएको छ। पर्यटन ब्राण्ड सेल निर्धारणका लागि १४ वटै जिल्ला समन्वय समिति, प्रदेशका एक सय ३७ पालिका, नेपाल उद्योग बाणिज्य महासंघ, विभिन्न संघ संस्थाहरू र पर्यटन क्षेत्रका विज्ञहरूसँग परामर्श गरिएको कार्यदलका संयोजक भविश श्रेष्ठले जानकारी दिए। 

मन्त्रीस्तरिय निर्णयबाट गठन भएको  कार्यदलले तयार पारेको प्रतिवेदन प्रदेश १ को मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने छ। पर्यटन ब्राण्ड सेलका लागि उत्पादन पहिचान गर्न १४ वटै जिल्ला समन्वय समिति, १ सय ३७ वटा स्थानिय तह, प्रदेशका विज्ञहरूसँग राय र परामर्श लिएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०७९ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App