२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकका ग्राहकहरुलाई 'नेपालीरिका होटल'मा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले विराटचोक स्थित नेपालीरिका होटलमा बैंकको डेबिट, क्रेडिट ,प्रिपेड कार्ड, तथा मोबाईल बैैंकिङ्ग मार्फत बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिसत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले बताएको छ।

सिद्धार्थ बैंक लिमिटेड र विराटचोक स्थित नेपालीरिका होटलबीचको सम्झौता अनुसार सो निर्णय गरिएको हो। उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंककातर्फबाट विराटनगर शाखा प्रमुख श्रीसूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक श्री राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारमा समेत डिजिल कारोबारमा जान ग्राहकहरुलाई उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले बताएको छ। 

बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजि बैंक पोर्टल मार्फत प्रदान गर्दै आएको बैंकले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७९ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App