५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई ह्यारिसन प्यालेसमा छुट

फाइल तस्बिर

 सिद्धार्थ बैंक र विराटनगरस्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  

बैंककातर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक श्रीमती शोभाना दुगरले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले ह्यारिसन प्यालेसमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ मार्फत होटल बसाइ सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।  

यस सुविधाले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: ५ भाद्र २०७९ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App