१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नबिल बैंकको वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम

 नबिल बैंकले ललितपुर महानगरपालिका वडा २१ खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवद्र्धनमा केन्द्रित रहेको थियो।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्युआर कोड र अन्य सेवा सुविधाहरूको बारेमा विशेष प्रस्तुति दिएको थियो। खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, किसान तथा उद्यमीहरूको उपस्थिति रहेको थियो।  

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा २१ खोकनाका वडा अध्यक्ष रवीन्द्र महर्जनले खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताए।

प्रकाशित: ३१ श्रावण २०७९ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App