७ वैशाख २०८१ शुक्रबार
अर्थ

महिन्द्रा गाडीमा ७० प्रतिशतसम्म लगानी योजना

अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ। बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न यस्तो योजना ल्याएको हो ।

कम्पनीले अग्नि हायर पर्चेजसँग सम्झौता गरेको र ग्राहकहरूलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्न र उनीहरूलाई महिन्द्रा सवारी साधनका मालिक बन्न सहज तुल्याउन यो योजना ल्याएको जनाएको छ। साथै कम्पनीले एकल प्रक्रियाका साथ हाम्रा ग्राहकहरूका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाएको बताए।

कम्पनीले सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा दिने बताएको छ। ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म रहेको कम्पनीले जनाएको छ।  

यस्तै फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुने र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट समेत कम्पनीले लिने भएको छ। उक्त योजना नियम तथा शर्तहरू सहित नेपालभर लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७९ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App