१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्णालीका विमानस्थलको स्तरोन्नति भएन

कर्णालीका विमान स्थलको स्तरोन्नति गरिने भनिए पनि अझै हुन सकेका छैनन्। मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, कालिकोटको कोटवाडा र जुम्ला विमानस्थलको चाँडै स्तरवृद्धि हुन आवश्यक देखिएका छन्। स्तरोन्तिको अभावमा कर्णालीका विमानस्थलहरू असुरक्षित बन्दै गएका छन्।

कालिकोटको कोटवाडामा बिमानस्थल निर्माण सुरु भएको ३७ वर्ष पुग्यो। २०४२ साल जेठदेखि निर्माण सुरु गरिएको कोटवाडा विमानस्थल निर्माण सम्पन्न हुन अझै कति समय लाग्ने हो टुंगो छैन्। विमानस्थल निर्माण सम्पन्न नहुँदै २०७३ माघ २९ गते हवाइजहाजको सफल अवतरण गरिएको थियो। परीक्षण उडान सफल भएपछि नियमित उडान होला भन्ने आशमा रहेका स्थानीयहरू अहिले निरास छन्।

विमानस्थलका अरू संरचना निर्माण सम्पन्न भए पनि कालोपत्रेको काम भने अझै सुरु भएको छैन्। सम्झौता अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण व्यवसायीले विमानस्थल कालोपत्रे सम्पन्न गरिसक्नु पर्ने हो तर अझै सम्पन्न हुन सकेको छैन्। छ सय ९० मिटर लामो र ६० मिटर चौडाइको धावनमार्ग कालोपत्रे र नाली निमार्णका लागि निर्माण कम्पनीले १३ करोड ८१ लाख रूपैयाँमा ठेक्का लिएको थियो।

भौगोलिक विकटता र कोरोनाका कारण तोकिएको समयमा काम गर्न नसकेको निर्माण कम्पनीको भनाइ छ। विमानस्थल निर्माणका लागि हालसम्म ३९ करोड रकम खर्च भइसकेको छ। भवन र टावर निर्माणको काम सम्पन्न भइसकेको छ। कर्णाली प्रदेश सरकारले अधुरा विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकता दिने बताए पनि त्यो कार्यान्वयन भएको छैन्।

पर्यटन पूर्वाधारको विकास गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न हवाई पूर्वाधार विकासमा प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन्।

प्रकाशित: २२ श्रावण २०७९ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App