२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

संसदीय विशेष छानविन समितिद्वारा प्रतिवेदन तयार

अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको अन्तिम बैठकले १७ दिन लगाएर गरेको अध्ययनबाट प्रतिवेदन तयार गरेको जनाएको हो।

असार २२ गते गठन भएको ११ सदस्यीय समितिले तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेर छानविन गरेको थियो।

समितिले भोलि प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्ने भएको छ। शर्मामाथि  चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको थियो। चौतर्फी विरोध भएपछि  उनले असार २२ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: १२ श्रावण २०७९ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App