२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्से २३ अंकले बढ्यो, कारोबार रकम ३ अर्बमाथि

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार परिसूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा आएको छ। यो १.१४ प्रतिशतको बढोत्तरी हो। एक्सचेन्जका अनुसार बुधबार २०८९ बिन्दुबाट सुरु भएको बजारमा तत्कालै उच्चदरले गिरावट आएको थियो। बजार सुरु भएको ११ मिनेट भित्र १४ अंकको गिरावट आइ परिसूचक २०७५ मा झरेको थियो। लगत्तै अर्को १० मिनेटमा फेरि २०९७ बिन्दुसम्म पुगेको थियो। त्यसपछि पनि दिनभर जसो कारोबारमा उतारचढाव आइरह्यो। पौने एक बजेतिर २०६६ बिन्दुसम्म झरेको परिसूचक बजार बन्द हुँदा २१११ मा रोकिएको हो।

एक्सचेन्जका अनुसार बुधबार नेप्सेका अतिरिक्त तीनै सूचक बढेका छन्। तीनमध्ये सेन्सेटिभ सूचक ४.५३ अंकले बढेको छ भने फ्लोट १.५१ र सेन्सेटिभ फ्लोट १.४४ अंकले बढेका छन्। प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले सेन्सेटिभ सूचक १.१४ ले बढेको छ।

एक्सचेन्जका अनुसार सेयर बजारका अन्य १३ उपसूचकमध्ये १२ बढेका छन् भने एउटा उपसूचक घटेको छ। कारोबारमा सुधार आउने १२ उपसूचकमध्ये एक सयभन्दा धेरै अंकले कारोबार बढनेमा एउटा मात्र परेको छ। लघुवित्त उपसूचक १०७ अंकले बढेको हो।

यस्तै ५० अंकभन्दा धेरैले कारोबार बढ्नेमा ३ वटा फाइनान्स, विकास बैंक र जलविद्युत् उपसूचक परेका छन्। फाइनान्स ७५, जलविद्युत् ७२ र विकास बैंक ५८ अंकले बढेका हुन्। यस्तै निर्जीवन र जीवन बिमा क्रमशः ४३ र ३४ अंकले बढेका छन् भने अन्य ३८, होटल तथा पर्यटन २३ र उत्पादन तथा प्रशोधन १९ अंकले बढ्न पुगेका छन्। कारोबारमा गिरावट आउने एउटा मात्र उपसूचकमा व्यापार १२ अंक रहेको छ।

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले फाइनान्स ४.१३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम बैंकिङ ०.०७ प्रतिशतले मात्र बढेको छ।

एक्सचेन्जका अनुसार बुधबार तीन वटा कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै २ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले र ३ कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ। कारोबार भएका कम्पनीमध्ये १० प्रतिशतले सेयर मूल्य घट्नेमा एउटा कम्पनी परेको छ। एक्सचेन्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ भने धेरै कित्ता सेयर बिक्री युनिभर्सल पावर कम्पनीको भएको छ।

एक्सचेन्जका अनुसार बुधबार २२७ कम्पनीका ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि ३ अर्ब १६ करोड १४ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर ३० खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ।  

प्रकाशित: १२ श्रावण २०७९ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App