३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सानिमा बैंकको भिडियो केवाइसी सेवा सुरु

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाइसी सेवा सुरु गरेको छ। गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर केवाइसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन्।  

केवाइसी सेवा सुरु गरेसँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन्। केवाइसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन्।  

ग्राहकहरुले अनलाइन खाता खोल्दा भिडियो केवाइसी विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ। प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ।  

भिडियो केवाइसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक रु. १ करोड सम्म खर्च (डेबीट) गर्न सक्नेछन्। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. सञ्चालनमा रहेका छन्।  

प्रकाशित: १० श्रावण २०७९ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App