२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

यामाहा नेपालले ल्यायो सहुलियत दरको नयाँ ईएमआई अफर

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता, यामाहा नेपालले बहु-सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ।  

देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक र स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनानसिङ योजना सञ्चालनमा ल्याइएको हो।  

कम्पनीका अनुसार, उक्त योजना अन्तर्गत यामाहाको कुनै पनि बाइक र स्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रीम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनानसिङ सुबिधाहरूको लाभ लिन सक्नेछन्।  

यामाहाको बाइक र स्कुटर खरिद गर्दा ग्राहकहरूले विभिन्न ‘प्राइस रेञ्ज’ अन्तर्गत निम्न ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन्ः  

यस योजना अन्तर्गत ३,२३,९०० पर्ने एफ्जेड १६ एफआईको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः ११,३१६, ८,७८९ र ७,३४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ।  

३,४७,९०० पर्ने एफ् जेड एक्स एफ्आई डब्ल डिस्कको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः  १२,१५४, ९,४४० र ७,८९२ को ईएमआई भुक्तान गर्नु पर्नेछ। 

यसैगरी, ३,९४,९०० पर्ने एफ्जेडएक्स भि ०३ एक्स कनेक्टको खरिदमा ४०५ अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १३, ७९१, १०,७१५ र ८,९५८ को ईएमआई भुक्तान गर्नु पर्नेछ। त्यस्तै ४,३५, ९०० पर्ने एफजेड एक्सको खरिदमा ४०५ अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १५,२२९, ११,८२८ र ९,८८८ को ईएमआई भुक्तान गर्नु पर्ने कम्पनीले जनाएको छ।  

कम्पनीको अनुसार, एम्टी १५ बि एण्ड बि, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० ५ अग्रीम भुक्तानी गर्नु पर्नेछ।  

एम्टी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १४,०८८, १०,९४२, र ९,१४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ। आर १५ भि ३ मोडलको खरिदमा १५,२८२, ११, ८६९, र ९,९२२ को ईएमआई भुक्तान गर्नु पर्नेछ। र, आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १७,११६, १३,२९३र ११,११३ को ईएमआई भुक्तान गर्नु पर्नेछ।

यसैगरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४० प्रतिशत अग्रीम भुक्तानी मै लिन सक्ने कम्पनीले जनाएको छ। रेजेड्आर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः ९,१५०, ७,१०६ र ५,९४१ को ईएमआई भर्नु पर्नेछ ।  

रेजेड् ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः ७,६८२, ५,९६७ र ४,९८८ को ईएमआई भर्नु पर्नेछ। त्यसैगरी, रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १०,१२८, ७,८६६, र  ६,५७६ को ईएमआई भर्नु पर्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १० श्रावण २०७९ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App