२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराजको ‘महाबचत बजार’ योजना घोषणा

दराजले आफ्नो वार्षिक अभियान दराज ‘महाबचत बजार’ योजना घोषणा गरेको छ। साउन ८ बाट सुरु भएको अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

अभियानको मुख्य हाइलाइटमा ६० प्रतिशतसम्म छुट, अनलाइन प्रीपेमेन्टमा १५०० सम्मको छुट, ७००० सम्मको भाउचर, निःशुल्क सिपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ।

अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भमा, दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशत र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डु, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकहरूले उक्त छुटको लाभ लिन सक्नेछन्।

प्रकाशित: ९ श्रावण २०७९ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App