३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ। शुक्रबार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो।

हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा नेपाली कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन्।

अधिकारीले युनियन सुनसरीको नेतृत्व गरेको २८ महिनामा दुई दर्जन बढी काम गरेका छन्। सञ्चारकर्मीका लागि प्रत्यक्ष रूपमा सकारात्मक काम गरेर अधिकारीको नेतृत्व उत्कृष्ट जिल्ला घोषित भएको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए।

सुनसरीसहित चितवन र कैलाली जिल्लालाई पनि उत्कृष्ट जिल्ला घोषणा गरियो। शनिबारसम्म हुने महाधिवेशनको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।

प्रकाशित: ६ श्रावण २०७९ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App