१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

हुण्डाईको ‘गोल अफ द सेञ्चुरी’अभियान

फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुण्डाईले ‘गोल अफ द सेञ्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले हुण्डाईका नेपालभरि रहेका सोरूममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउने कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार साउन ३ गतेबाट सुरू हुने उक्त अफरमा नेपालभरका आधिकारिक हुण्डाई सोरूममा रजिस्टर गरी सहभागी हुन सक्ने तथा लक्की ड्रमार्फत दुई जना विजेता छनोट हुने भएका छन्।

साथै प्रत्येक विजेताले उपहारस्वरूप आफूसँगै एकजना अर्को व्यक्तिसँग गई जम्मा चार जनाले विश्वकप लाईभ हेर्न पाउने भएका छन्। हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याइएको अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको हो।

अफर मार्फत कम्पनीले ‘गोल अफ द सेञ्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले अफर ल्याइएको जनाएको छ।

प्रकाशित: ४ श्रावण २०७९ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App