१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अर्थ

खिम्तीको सेयर हस्तान्तरण घाटा पूर्ति गर्न बुटवल पावरले दुई आयोजना निर्माण गर्ने

काठमाडौं— बुटवल पावर कम्पनी (बीपीसी) ले सन् २०२० भित्रै दुई आयोजनामा लगानी जनाएको छ। खिम्ती हाइड्रोपावरबाट आम्दानी हुने आम्दानी सन् २०२० पछि आधा घट्ने स्थितिमा कम्पनीले यो नयाँ रणनीति तय गरेको हो। सन् २०२० मा बीपीसीको १६ प्रतिशत स्वामित्व रहेको हिमाल पावर कम्पनीद्वारा सञ्चालित खिम्तीको ५० प्रतिशत सेयर सरकारलाई हस्तान्तरण हुनेछ।२३ औं साधारणलाई सम्बोधन गर्दै बीपीसीका सिइओ उत्तरकुमार श्रेष्ठले काबेली ए र न्यादी हाइड्रोपावरलाई २०२० भित्र सञ्चालनमा ल्याइ सेयर हस्तान्तरणबाट हुन जाने क्षतिपूर्ति गर्ने जनाएका हुन्। काबेली ए ३७.६ मेगावाट र न्यादी ३० मेगावाट क्षमताका आयोजना हुन्।

'काबेली ए र न्यादी हाइड्रयो प्रोजेक्टको सबै तयारी पूरा गरी क्रमशः २०१६ को सुरु र मध्यतिरबाट निर्माण कार्य थाल्दैछौं', सिइओ श्रेष्ठले भने।

२०७१÷०७२ को आर्थिक विवरणअनुसार बुटवल पावर कम्पनीको वार्षिक खुद मुनाफा ४७ करोड ९८ लाख रुपैयाँ छ। यो रकममध्ये झन्डै ९० प्रतिशत अर्थात् ४२ करोड ९४ लाख लाभांश खिम्तीको सञ्चालक कम्पनी हिमाल पावरबाट मात्रै प्राप्त भएको हो।

साधारण सभामा सेयरधनीहरुले कम्पनीको २०२० पछि कम्पनीको नाफा घट्ने चिन्ता व्यक्त गरेका थिए। उनीहरुले व्यवस्थापनलाई अहिले भइरहेको जस्तै नाफा आइरहने अवस्था कायम गर्न दवाब दिएका थिए।

काबेली ए मा विश्व बैंकको आइएफसीले ३ करोड ८६ लाख अमेरिकी डलर लगानी गर्ने ऋण सम्झौता भइसकेको छ। विश्व बैंकको नेपाल सरकारमार्फत् आयोजनामा थप ४ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लगानी गर्ने सम्झौता छिटै हुने बताइएको छ। सिइओ श्रेष्ठले उक्त सम्झौतापछि निर्माण कार्य अघि बढ्ने जानकारी दिए।

बीपीसीको साधारण सभाले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। वीपीसी अन्तर्गत मुख्यत आँधीखोला र झिम्रुक आयोजनाले विद्युत् उत्पादन गर्दै आएका छन्।

प्रकाशित: ६ पुस २०७२ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App