२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

महिला कर्मचारीले मात्र सञ्चालन गरेको एनसेल सेन्टर महाराजगञ्जमा

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण रूपमा महिला कर्मचारीद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।

महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले हाम्रो समाजमा लैंगिक समानता कायाम गर्न महत्वपूर्ण भूमिका खेल्न मदत गर्ने कम्पनीले लिएको छ।

एनसेलले लिएको यो पहल र अवधारणा महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि कम्पनीले गरेको योगदानको प्रमाण भएको बताइएको छ। एनसेलले यो अवधारणा विविधता, समानता र समावेशी सिद्धान्तलाई ध्यानमा राखेर अघिसारेको बताएको छ। साथै एनसेलले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गरेको जनाएको छ।

एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले एनसेलले विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा विश्वास राख्ने बताउँदै यस कार्यले कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरूले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग गर्ने जनाए।

एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले यसअघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषहरूको सहभागिता रहने गरेकोमा कम्पनीले लैंगिक समानतालाई व्यवहारिक रूपमा लागु गरेको बताए।

महिला कर्मचारीहरूद्वारा सञ्चालित यस सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्ने कम्पनीले जनाएको छ। 

प्रकाशित: १ श्रावण २०७९ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App