coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हावाहुरीले मकै बालीमा क्षति

हावाहुरी र वर्षाले बैतडीका विभिन्न स्थानमा मकैबालीा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलामा मकैबालीमा क्षति पुगेको किसानहरुले बताएका छन्। सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको स्थानीय रामबहादुर महराले बताए।

वर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन्। यसअघि जिल्लाको पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा पनि मकैबालीमा क्षति पुगेको थियो। जिल्लाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ। हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ।

बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ। मकैबालीमा फौजीकिरा, विभिन्न जंगली जनावर, विभिन्न प्रकोपले मकैबालीमा क्षति पुग्दै आएको कृषि ज्ञान केन्द्र बैतडी कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए। बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको छ।

प्रकाशित: २३ असार २०७९ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App