३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआईसीको मोबाइल बैंकिङ एप र एनटीसी नेटवर्कमा निःशुल्क चल्ने

एनआईसी एसिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्नका लागि मोबाइल बैंकिङ एप, वेबसाइट, ई–सेवा, र इन्टरनेट बैंकिङ एनटिसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ।  

यस सुविधा मार्फत बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी मोबाइल बैंकिङ एप, ई–सेवा वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने बैकले जनाएको छ। बृहत् भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न बैंकले ग्राहकहरूको सुविधा एवं डिजिटल बैंकिङमा अभ्यस्त पार्ने उद्देश्य अनुरूप सुविधा ल्याएको बैंकले जनाएको छ।  

मोबाइल बैकिङ एप अन्तर्गत बैंकको रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरू सहज रूपले निःशुल्क लिन सक्ने बैंकले जनाएको छ।  

यस्तै इसेवा अन्तर्गत नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन÷पासवर्ड, ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन लगायतका सेवाहरू उपलब्ध छन्। बैंकको वेबसाइबाट ग्राहकहरूले अनलाइन खाता आइपिओ आवेदन साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकले इन्टरनेट बैंकिङ अन्तर्गत रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटी बिल भुक्तानी लगायतका सुविधाहरू उपलब्ध गराएको छ।  

उल्लिखित बाहेकका अन्य सेवाहरू लिँदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरूको हकमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ।

प्रकाशित: २१ असार २०७९ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App