१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।  

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले राखेको प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए। यस अघि प्रतिपक्षीदल नेकपा एमालेको तर्फबाट तुलसी प्रसाद न्यौपानेले प्रदेश विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव राखेका थिए।  

आर्थिक वर्ष ०७९/८०को प्रदेश १ को बजेट शिर्षक नम्बर  २२ हजार ४ सय को सेवा तथा परामर्श शिर्षकमा १ सय  रुपैयाँ कटौटीको प्रस्ताव बहुमतले अस्वकिृत भएको सभामुख भण्डारीले बताए। प्रदेश १ को सरकारले गत असार १ गते  आर्थिक वर्ष ०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। बजेट माथिको मन्त्रालयगत छलफल शनिबार सम्पन्न भएको थियो। शनिबार नै प्रदेश १ का मुख्यमन्त्री तथा अन्य  सम्बन्धीत मन्त्रालयका मन्त्रीहरूले बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। 

प्रकाशित: १९ असार २०७९ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App