१६ चैत्र २०८० शुक्रबार
अर्थ

सिन्धुलीमा बिमानस्थल निर्माण हुने

सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ र १० को बीचमा रहेको बाघमारा–सिस्नेरीस्थित सिन्धुलीमा निर्माण हुने भनिएको कमलमाई बिमानस्थल रहने क्षेत्र। तस्विर: अनिल /नागरिक

सिन्धुलीमा विमास्थल निर्माण हुने भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ र १० को बीचमा रहेको बाघमारा–सिस्नेरीमा बिमानस्थल निर्माण हुने भएको हो।  

नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल काठमाण्डौले उक्त स्थानमा कमलमाई बिमानस्थल आयोजनाको बाताबरण प्रभाव मूल्याङकन सुरु गरेसँगै विमानस्थल निर्माण हुनेमा स्थानिय विश्वस्त भएका छन्। प्राधिकरणले कमलमाई बिमानस्थल आयोजनाको वातावरण प्रभाव मूल्याङकन प्रतिबेदन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धि सार्बजनिक सूचना प्रकासित गरि काम अगाडी बढाएपछि स्थानिय विमास्थल निर्माण हुन लागेको भन्दै उत्साहित भएका हुन्। 

प्राधिकरणका अनुसार कमलामाई नगरपालिका–८ को करकरे र सिस्नेरीकोबीचमा रहेको कमला नदीको बगरको ४५ दशमलब पाँच हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण हुने छ। बिमानस्थलको धावन मार्ग, ट्याक्सी मार्ग, एप्रोर्न, बिमानस्थल टर्मिनल, स्टाफ क्वाटर लगायतका संरचना निर्माण गर्न बाताबसण प्रभाव मूल्याङकनको कार्य अगाडी बढाइएको हो। कमलमाई बिमानस्थल निर्माणका लागि डिपिआर तयार भई सकेको र अहिले वातावरण प्रभाव मूल्याङकन गर्ने कार्य भई रहेको प्राधिकरणका उप–प्रबन्धक समृद्धी श्रेष्ठले भनाई छ। श्रेष्ठका अनुसार पहिला बाताबरण प्रभाव मूल्याङकनको काम सकेपछि बिमानस्थल निर्माणको काम सुरु हुने छ।  

कमलमाई बिमानस्थल आयोजनाको बाताबरण प्रभाव मूल्याङकन गर्न परामर्शदाता र्याफ्ट् कन्सल्ट्यान्ट प्रा.लि. त्रिपुरेश्वरले जिम्मेवारी पाएको छ। वातावरण अध्ययन सकिन छ महिना समय कन्सल्ट्यान्टले जनाएको छ। कन्सल्ट्यान्टका अनुसार  बिमानस्थल निर्माणका लागि डिपिआर तयार भई सकेको र वातावरण अध्ययन मात्रै बाँकी रहेको  छ। बीपी राजमार्ग र हाल निर्माणधिन मदन भण्डारी राजमार्ग सोही स्थान नजिकैबाट सञ्चालित छ। बिमानस्थल निर्माण भएपछि सिन्धुली, रामेछाप, ओखलढुङ्गा, काभ्रे, महोत्तरी, धनुषा र उदयपुर जिल्लाका लागि सुविधा पुग्ने छ। 

एक हजार छ सय मिटर लामो र ३० मिटर चौडाई भएको धावनमार्ग निर्माण गरिने जनाईएको छ। विमानस्थल निर्माण स्थल सिन्धुली सदरमुकाम माढीबाट करिब १२ किलोमिटर तथा भिमान बजारबाट छ किलोमिटर दुरीको बीचस्थित  वीपी राजमार्गसँग जोडिएको छ। विमानस्थल निर्माण हुने भएपछि स्थानिय हर्षित भएका छन्। जिल्लामा विरामी पर्दा दुर्घट्ना हुँदा तत्काल काठमाण्डौ लैजान महंगो मुल्यमा हेलिकप्टर चार्टर गर्नुपर्ने समस्याको समाधान विमानस्थल निर्माण पश्चात हुने स्थानियको अपेक्षा छ।

प्रकाशित: १७ असार २०७९ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App